थप १९ सय ४५ मा संक्रमण, ५३ सय ६४ जना डिस्चार्ज, २२ को मृत्यु

थप १९ सय ४५ मा संक्रमण, ५३ सय ६४ जना डिस्चार्ज, २२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। बिहीबार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए। 

शुक्रबार १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) देखिएको छ। यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म १६ लाख ४२ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ। 

यस्तै मन्त्रालयका अनुसार २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्। नेपालमा कोरोनाबाट १२ सय ९८ जनाको मृत्यु भएको छ। शुक्रबार मात्र २२ जनाको कोरोनाबाट मृत्यु भएको छ।  बिहीबार १७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया