कोरोनाबाट कर्णालीमा १८ जनाको मृत्यु

कोरोनाबाट कर्णालीमा १८ जनाको मृत्यु

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाको तथ्यांक अनुसार १२ पुरुष र ६ जना महिलाको मृत्यु भएको हो । तथ्यांक अनुसार कोरोना संक्रमणबाट सुर्खेतमा ९, दैलेखमा ४, डोल्पा, कालिकोट र रुकुम पश्चिममा एक÷एक जनाको मृत्यु भएको हो । यस्तै अन्य प्रदेशका दुई जना रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
कर्णालीमा शुक्रवार ६५ जना नयाँ संक्रमित थपिएका छन् । सुर्खेतमा २६, दैलेखमा ७, जाजरकोटमा ११, सल्यानमा ४, जुम्लामा ६, कालिकोटमा २, मुगुमा २ र अन्य प्रदेशका ७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ७१ जना पुगेको छ । कर्णालीमा शुक्रवार ५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ६ हजार १५ जना छ । हाल कर्णालीमा संक्रिय संक्रमितको संख्या ५ सय ५६ जना छ ।

प्रतिक्रिया