लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा सकारात्मक अनुशासन र मनोसामाजिक सहयोगबारे तालिम

लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा सकारात्मक अनुशासन र मनोसामाजिक सहयोगबारे तालिम

दैलेख : गुराँस गाउँपालिकाका श्रोत शिक्षक थीरेन्द्रकुमार बीसीले शिक्षण सिकाई प्रभावकारिताको निम्ति शिक्षक, विद्यार्थी र अभिभावक समेतको लगनशीलता आवश्यक रहेको बताएका छन् । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा–दोस्रो परियोजनाले गुराँसेमा सम्पन्न गरेको लैङ्गिक समानता र सामाजिक समावेशीकरण, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोग विषयक ५ दिने तालिम समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । श्रोत शिक्षक बीसीले सहयात्रा परियोजनाले शैक्षिक विकास र बालअधिकार संरक्षण पु¥याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले तालिममा सिकेको सीप व्यवहारमा प्रयोग गर्न तालिममा सहभागी शिक्षकहरुको विद्यालय तथा समुदायमा समन्वय आवश्यक हुने बताए । उनले समाजमा विद्यमान जातीय, लैङ्गिक हिंसा न्यूनिकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरुलाई घर समुदाय र विद्यालयमा विभेद र हिंसा न्यूनिकरण गर्न तालिमले सहयोग पु¥याउने बताए । बहिष्करण र बहुबहिष्करणमा परेका मानिसहरुलाई पनि समाजमा मुलधारमा ल्याउन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब गठन गर्दा, विद्यालय सुधार योजना, वडा शिक्षा योजना र गाउँ शिक्षा योजना निर्माण गर्नका लागि सबैलाई समेटेर अगाडी लैजानुपर्ने बिसीको भनाई छ । कार्यक्रम निर्देशक विसीले विश्वभरी कोरोनाले आक्रान्त पारेको बेला सञ्चालन भएको तालिमले बालबालिकाको मनोसामाजिक भावना र उमेरलाई बुझेर कक्षा कोठामा बाल केन्द्रित शिक्षण सिकाई क्रियाकलापलाई अगाडी बढाउन मद्धत पु¥याउने र तालिममा तयार गरिएको योजना सरोकारवालाहरुले आगामी दिनमा कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरे ।

तालिम समापन कार्यक्रममा सहजकर्ता पत्रकार अमर सुनारले कोभिड–१९ को प्रभाव कम गर्न लैङ्गिक समानता र सामाजिक समावेशीकरण, सकारात्मक अनुशासन तथा मनोसामाजिक सहयोग अझ बढी आश्यकता भएको बताए । सोहि अबसरमा लक्ष्मी मावि रतिखोलाकी शिक्षिका पुष्पा गुरुङ्ग र जयजनता मावि जोरेबाँझका शिक्षक उदय बिकले पनि तालिमको प्रभावकारिता बारे आफ्नो विचार राखेका थिए ।
मंसिर ५ गतेदेखि सुरु भएको तालिममा लैङ्गिक समता विषयमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति डम्वर रोकाय, सकारात्मक अनुशासन सम्वन्धी सहयात्रा परियोजनाका शैक्षणिक श्रोत व्यक्ति बासुदेव उपाध्याय र मनोसामाजिक सहयोग सन्दर्भमा बाल मनोविज्ञ पत्रकार अमर सुनारले सहजीकरण गरेका थिए ।
तालिममा सहयात्रा परियोजनाको कार्यक्षेत्रका ११ महिला सहित २० जना शिक्षकहरुको सहभागिता थियो । परियोजनाले दैलेखको गुराँस गाउँपालिकाका ८ वटै वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, बालअधिकार संरक्षण र सुशासन विषयमा सन् २०१९ देखि ५ वर्षका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया