महिलाको क्षेत्रमा अनुपम बन्दै नेपाल

महिलाको क्षेत्रमा अनुपम बन्दै नेपाल

दैलेख, फागुन २५ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पौडेलले नेपाल महिलाको उच्चतम् हैसियतमा प्रतिनिधित्व गराएको अनुपम र उदाहरणीय देश बन्दै गरेको बताउनुभएको छ । १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा भएको सार्वजनिक कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । Nari divash
न्यायाधीश पौडेलले राष्ट्रपति, सभामुख महिला नै भएको अवस्थामा अवको एक महिनामा प्रधानन्यायाधीश समेत महिला नै हुने निश्चित भएकोबाट समग्र महिला र देशको प्रतिष्ठा बढेको विचार व्यक्त गर्नुभयो । उहाँले यो सबै परिवर्तन देशमा आएको राजनीतिक परिवर्तनले संभव भएको बताउनुभयो ।
प्रमुख जिल्ला इञ्जिनियर होमनाथ पौडेलले नेपालमा राजनीतिक परिवर्तनले महिला सहभागिताको क्षेत्रमा ठूलो उत्साह थपेको बताउँदै प्राप्त उपलब्धीलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल बार एशोसियशनका अध्यक्ष सुरेन्द्र अधिकारीले महिला हक अधिकारको संरक्षण न्यायापालिकाको विशेष योगदान रहेको औल्याउनुभयो ।
महिला विकास अधिकृत बिश्वमणी जोशीको अध्यक्षतामा भएको समारोहमा काँग्रेस प्रतिनिधि प्रभा सिजापति, उद्योग बाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा, महिला नेतृहरु सावित्री मल्ल, निर्मला खड्का लगायतले अन्तरराष्ट्रिय महिला दिवसको महत्व र जिल्लामा अवस्था विषयमा बोल्नुभएको थियो ।
यसै गरि आज दैलेखका वाँसी, विन्दावासिनी, वडाखोला, भैरिकालिकाथुम, तोली र लकान्द्र गाविसमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहयोग, गाविसको समन्वयमा महिला संजालको आयोजनामा अन्तरराष्ट्रिय महिला दिवस मनाईएको थियो ।

प्रतिक्रिया