नागरिक अधिकारको सम्मान गर : आयोग

नागरिक अधिकारको सम्मान गर : आयोग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा नागरिक अधिकारकर्मीमाथि भएको दमनप्रति विरोध जनाएको छ । नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगले बताएको छ ।सोमबार काठमाडौंको बालुवाटारमा नागरिक आन्दोलनका सहभागीहरु माथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्दा १२ जना भन्दा धेरै घाइते भएका थिए ।

आयोगले कुनै पनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । सहायक प्रवक्ता लोकनाथ बास्तोलाले विज्ञप्ति निकालेर कानून कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोगसम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त १९९० को विपरीत हुने गरी कार्य नगर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया