४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौँ : कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, वाग्मती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बीनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरु परिचालन गरिएका छन् । त्यसैगरी हरेक अस्पतालहरुमा सम्भाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको व्यवस्थापन गरिएको डा. गौतमले जनाएका छन् ।हालको मितिसम्म खोप प्राप्त गरेको केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको मन्त्रालयले बताएको छ । माघ १४ गते सुरु गरिएको खोप अभियानमा तेस्रो दिनसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । पहिलो दिन ९ हजार ८४ जनाले खोप प्राप्त गरेका छन् भने दोस्रो दिन २८ हजार ७३२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया