बेवारिसे सुत्केरी र नवजात शिशु परिवारको जिम्मामा

बेवारिसे सुत्केरी र नवजात शिशु परिवारको जिम्मामा

दैलेख ः दैलेखमा बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको छ । नारायण नगरपालिका–५ भैसीखोर नजिकै इटाडाँडाबाट बेवारिसे अवस्थामा उद्धार गरिएको सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाईएको हो ।

बेवारिसे ३० बर्षीया सुत्केरी महिला, पाँच दिने नवजात शिशु र ती महिलाका चार बर्षीया छोरा समेतलाई जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा उद्धार गरिएको थियो । उनिहरु स्थानीय एक व्यक्तिले छोडेर गएको घरमा बस्दै आएको थिए ।

उद्धार गरिएको सुत्केरी महिला, नवजात शिशु र चार बर्षीया बालकलाई बालबालिकाको आपत्तकालिन उद्धार, राहत, संरक्षण र परामर्श सेवाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालिन बाल हेल्पलाइन १०९८, महिला बालबालिका केन्द्रको संरक्षणमा राखिएको थियो ।

परिवारको खोजी गरेर बुधवार जिम्मा लगाईएको हो । उनिहरुलाई महिलाका श्रीमान पूर्णबहादुर गुरुङ्ग सहित परिवारको पुर्नस्थापना गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया