बहुविवाह मुद्दामा फरार अभियुक्त ११ बर्षपछि पक्राउ

बहुविवाह मुद्दामा फरार अभियुक्त ११ बर्षपछि पक्राउ

दैलेख : दैलेखमा बहुविवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाको नारायण नगरपालिका वडा नं. १ बस्ने ४८ बर्षीया यादव बहादुर गुरुङ पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत दैलेखबाट २०६६ असार २ गते बहुविवाह मुद्धामा फैसला गुरुङलाई भई १ वर्ष कैद सजाय तोकिएको थियो । त्यसयता फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय दैलेखको सुचनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई दैलेख जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार चलान गरिएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया