कोरोनाको दोस्रो लहर डरलाग्दो : एकैदिन २३ सय ५१ संक्रमित

कोरोनाको दोस्रो लहर डरलाग्दो : एकैदिन २३ सय ५१ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको  छ। ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जनागरी २३ सय५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्।

प्रतिक्रिया