अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् : स्वास्थ्य मन्त्रालय

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।

कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’ उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए । पछिल्लो २४ घण्टामा २ हजार २२० जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया