४८ सय ९७ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्‍यु

४८ सय ९७ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट  ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

अधिकारीका अनुसार १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४  र ९ सय बढीको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा गरेर ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको हो । अधिकारीका अनुसार भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ११ पुगेको छ । 

प्रतिक्रिया