एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

 काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप पााँच हजार ७२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६५७  र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरेर पाँच हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो । 

बिहीबार थप ५७ सय २७ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ३८ हजार ८१३ पुगेको छ । मन्त्रालयले संक्रमण व्यापक बन्दा अस्पतालमा शैय्याको अभाव भएकाले संवेदनशील बन्न अनुरोध गरिसकेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ मन्त्रालयका अनुसार बिहीबार मात्र ३३ जनाको कोरोनाले मृत्यु भएको छ । 

प्रतिक्रिया