कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै , ७२११ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै , ७२११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो।संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन्। १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको हो।

यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।  यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ। मन्त्रालयका अनुसार ६७ जना क्वारेन्टाइन र ४८ हजार ७११ जना आइसोलेसनमा छन्। 

प्रतिक्रिया