८२०३ संक्रमित थपिए, ६८९१ डिस्चार्ज : १९६ को मृत्यु

८२०३ संक्रमित थपिए, ६८९१ डिस्चार्ज :  १९६ को मृत्यु

काठमाडाैं : पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको  भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ । 

सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ। आज काठमाडौं दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन्।  काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६  छन्।  ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ। 

४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित

पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ। मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन्। 

यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, दैलेख डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ।  सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन। 

नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ। ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन्।  सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ।  

प्रतिक्रिया