कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा १९ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ । जसमध्ये ३२ हजार ९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ८४ हजार ३३४ पुगेको छ । २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
प्रतिक्रिया