दैलेखमा नेपाल मास्क अभियान सुरु

दैलेखमा नेपाल मास्क अभियान सुरु

दैलेख : दैलेख सदरमुकाममा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले शनिबारदेखि सुरु गरेको उक्त अभियानलाई साथ दिँदै दैलेखमा पनि सोमबारदेखि नेपाल मास्क अभियान सुरु गरिएको छ ।

कोरोनाको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यले स्वास्थ्य सेवा कार्यालय दैलेख र जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, नेपाली सेना, सशस्त्र प्रहरी लगाएतको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत सोमबार सदरमुकाम दैलेख बजारमा ‘नेपाल मास्क अभियान, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु लेखिएको ब्यानरसहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन सहित दैलेख बजारमा सचेतनामूलक ¥याली निकालिएको थियो ।

अभियानका क्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले आम नागरिकहरुलाई घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र स्यानिटाइजर, साबुनपानीले हात धुन र घरबाहिर हिँड्दा भौतिक दूरी कायम राख्न अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया