कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण
काठमाडौँ : कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजिटिभ देखाएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनलाई शुक्रबारदेखि ज्वरो, खोकी लगायतको स्वास्थ्य समस्या देखिएको थियो । ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो,’ खड्काले ट्वीट गर्दै भनेका छन् ।
प्रतिक्रिया