‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन


काठमाडाैं : संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले यस्तो निर्देशन दिएको हो।
पीडितलाई तत्काल राहत हुने गरी लैंगिक हिंसा निवारण कोष परिचालन गर्न÷गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र त्यसका लागि आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति निरु देवी पालले जानकारी दिइन्।
समितिले लैंगिक हिंसासँग सम्बन्धित कोषहरुलाई एकीकृत गर्न पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्यहरुले महिला हिंसा निवारण कोषलाई उचित परिचालन गर्ने गरी जिल्ला तहमा पनि महिला विकास कार्यालयनको व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए।
प्रतिक्रिया