कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वभरि फैलिँदै

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वभरि फैलिँदै

काठमाडौं: दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको छ। यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।

यसै क्रममा नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो। मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट फैलिएका देशबाट आउने नागरिकका सन्दर्भमा पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने बताए।

‘दक्षिण अफ्रीकाबाट ‘डाइरेक्ट’ फ्लाइट छैन। ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउँछौं। प्रभावित देशबाट आएका जो-कोही क्वारेन्टीनमा बस्नुपर्छ,’ उनले भने। उनले नेपालमा कोरोना जोखिम नटरेको भन्दै संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्क तयारी अवस्थामा राखेको जनाएको छ। यसैबीच आइतबार सीसीएमसीसीको बैठक बस्दै छ। बैठकले थप निर्णय लिनसक्ने बताइएको छ। सीसीएमसीसीको बैठक प्रत्येक आइतबार बस्दै आएको छ।

 

प्रतिक्रिया