१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाई

१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाई

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालले ७० प्रतिशत वयस्क जनसंख्या ‌‌(१८ वर्ष माथिको उमेर समूहकालाई )कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेको छ ।‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ बिहीबार डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।

बुधबारसम्म नेपालमा १८ वर्ष माथिका ८६.१ प्रतिशतले एक मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राकाे खाेप लगाइसकेका छन् । त्यसैगरी कुल जनसंख्याकाे ५६.४ प्रतिशतले एक मात्रा र ४८.८ले पूर्ण मात्राकाे खाेप लगाइसकेका छन् । नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य लिएकाे छ।

प्रतिक्रिया