बाल विवाह र हिंसाविरुद्ध बाल क्लब सक्रिय

बाल विवाह र हिंसाविरुद्ध बाल क्लब सक्रिय

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका बालबालिका बाल विवाह र बाल हिंसा विरुद्ध सक्रिय भएर लागि परेका छन् । गाउँपालिकाको वडा नं. १ मा गठित लालीगुराँस बाल क्लब बाल विवाह र बाल हिंसा विरुद्ध सक्रिय भएर लागि परेका हुन् । बाल क्लबले बिहेवारी २० बर्ष पारी, बाल विवाह नगरौँ, बाल हिंसा नगरौं भन्दै समुदाय स्तरमा हरेक घरमा पोस्टर टाँसेर सचेतना फैलाईरहेका छन् ।

बाल क्लबको बैठकमा बालबिवाह, बाल हिंसा र बाल श्रमको बारेमा छलफल गर्दै यस्तो कार्य थालनी गरेका हुन् । बाल क्लबले हरेक बैठकमा बाल विवाह, बाल हिंसा, बाल श्रमका बारेमा छलफल गर्दै आएका छन् । बैठकको निर्णय अनुसार बाल क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुले पोस्टरहरु निर्माण गरेर समुदायमा सचेतना जगाउँदै आएका छन् भने घर घरमा बिहेवारी २० बर्ष पारी, बाल विवाह नगरौँ, बाल हिंसा नगरौं भन्दै पोस्टर टाँसेका छन् ।

भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले बाल क्लबले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

प्रतिक्रिया