कर्णालीका दुई लाख ९६ हजार ५९४ जनसंख्या स्वास्थ्य बीमामा जोडिए

कर्णालीका दुई लाख ९६ हजार ५९४ जनसंख्या स्वास्थ्य बीमामा जोडिए

काठमाडौं : सरकारले तोकेको लक्षित समूहमा पर्ने १२ लाख भन्दा बढी मानिस स्वास्थ्य बीमामा आवद्ध गराएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत सोभित रिजालका अनुसार बोर्डले पाँच वर्षमा १२ लाख ८४ हजार ५४२ जना लक्षित जनसंख्यालाई निशुल्क स्वास्थ्य बीमा प्रदान गरेको छ । रिजालका अनुसार सरकारले तोकेका लक्षित जनसंख्यामा स्वास्थ्य बीमाको निशुल्क सेवा पाउनेमा सबै भन्दा बढी सेवा पाउनेमा ज्येष्ठ नागरिक रहेका छन् । सो समूहका छ लाख पाँच हजार २०५ जनाले निशुल्क स्वास्थ्य बीमा सेवा लिएका छन् ।

त्यस्तैगरी अति गरिबको परिचयपत्र प्राप्त गरेका चार लाख ८४ हजार ३३५, दुई हजार २१५ जनाले र जटिलखालका क्षयरोगीलाई निशुल्क स्वास्थ्य बीमा सुविधा दिएको रिजालले बताए । बीमा बोर्डका अनुसार २३ हजार ६८० जना एचआइभी संक्रमित, दुई हजार ६८६ कुष्ठरोगी, ८७ हजार ३१ जना अशक्त अपांगता भएका, र ७९ हजार ३९० जना महिला स्वास्थ्य स्वायंसेविको स्वास्थ्य बीमाको निशुल्क सेवा पाएका छन् ।

रिजालका अनुसार सरकारले अति गरिव, एचआइभी संक्रमित, कुष्ठरोगी,एमडीआर टीबी,अति अशक्त अपाङ्गता भएका परिवारलाई योगदान रकममा सतप्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै महिला स्वास्थ्य स्वयं सेविकाको परिवारलाई योगदान रकममा ५० प्रतिशत छुटको व्यवस्था गरेको रिजालले जानकारी दिए ।

त्यस्तै गरी ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकको हकमा योगदान र हकमा पूर्ण छुटको व्यवस्था गरेको रिजालले जानकरी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकले स्वास्थ्य बीमाबाट एक लाख सम्मकोउपचार सेवा पाउने व्यवस्था सरकारले गरेको छ ।

कर्णालीका ७८ हजार ३३४ घरपरिवार स्वास्थ्य बीमामा आवद्ध

बीमा बोर्डका अनुसार अहिलेसम्म २८.८६ प्रतिशत घरपरिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । २०६८को जनगणना अनुसार नेपालमा ५४ लाख २७ हजार ३०२ परिवार संख्या रहेको छ । जसमध्ये १५ लाख ६६ हजार ३४६ अर्थात २८.८६ प्रतिशत घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

बोर्डको तथ्यांक अनुसार प्रदेश १ मा चार लाख ८८ हजार ८९१ प्रिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । मधेश प्रदेशमा एक लाख १९ हजार ७११ प्रिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

बाग्मती प्रदेशमा दुई लाख ८२ हजार ५१६, गण्डकी प्रदेशमा दुई लाख १५ हजार २१३, लुम्बिनी प्रदेशमा दुई लाख ४६ हजार ४४६, कर्णाली प्रदेशमा ७८ हजार ३३४, सुदुरपश्चिम प्रदेशमा एक लाख ३५ हजार २३५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएको बीमा बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

५१ लाखभन्दा बढी जनसंख्या बिमित

बोर्डका सूचना अधिकृत रिजालका अनुसार पाँच वर्षको अवधिमा ५१ लाख १६ हजार ३९७ जना नागरिक स्वास्थ्य बिमाबाट बिमित भएका छन् । बिमितमध्ये सबै भन्दा बढी महिला रहेका छन् । महिलाको संख्या २६ लाख ४५ हजार ३०५ रहेका छ । त्यस्तै बोर्डको तथ्यांक अनुसार पुरुषको संख्या २४ लाख ७० हजार ५३५ र ५५७ अनय रहेका छन् ।

प्रदेश अनुसार प्रदेश १मा कुल जनसंख्याको ३६.८१ अर्थात १६ लाख ६९ हजार ३३८, मधेष प्रदेशमा दुई लाख ८३ हजार ६८६ अर्थात ५.२४ प्रतिशत, बाग्मती प्रदेशमा १० लाख १९ हजार २२२ अर्थात १८.४३ प्रतिशत जनसंख्या बिमित भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा २६.२२ अर्थात छ लाख ३० हजार २४४,लुम्बिनी प्रदेशमा आठ लाख एक हजार ८८५ अर्थात १७.८२, कर्णालीका प्रदेशमा दुई लाख ९६ हजार ५९४ अर्थात १८.८८ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा चार लाख १५ हजार ५०७ अर्थात १६.२७ प्रतिशत जनसंख्या बिमित भएका छन् ।

स्वास्थ्य बीमा के हो ?

स्वास्थ्य बिमा भन्नाले स्वास्थ्य सेवाको खर्चलाई कम गर्न, स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्युनीकरण गर्ने संयन्त्रालाई बुझाउँछ । सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगको क्रमममा अनियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थि तगर्दै उपलब्ध स्रोतको प्रभावकारी व्वस्थापनका लागि स्वास्थ्य बिमा कार्यक्रम नेपाल सरकाले संचालन गरेको हो ।

स्वास्थ्य बीमा किन गर्ने ?

स्वास्थ्य बीमा कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुन सक्ने ठुलो खर्च धान्न कठिन नहोस भनेर पहिलेनै योगदान रकममार्फत जोखिम व्यवस्थापन गरिएको हुन्छ ।त्यसैगरी भविष्यमा स्वास्थ्य समस्याबाट हुनसक्ने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गरी वित्तीय संरक्ष्ँण प्रदान गर्दछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका

सरकारले २०७२ चैत २५ मा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । त्यसबेला प्रति परिवार ५ जनाको दरले २ हजार ५ सय रुपयाँ तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाइन्थ्यो । रिजालका अनुसार २०७५ सालमा नियवाली आएदेखि अहिले ३५ सयमा एक लाख बराबरको सेवा लिन पाउने व्यवस्था गरेको छ ।
परिवारमा पाँच जना भन्दा बढी सदस्य रहेमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्ने र २० हजारको दरले सेवा पनि बढदै जाने र २ लाख सम्मको उपचार सुविधा लिन सकिने नयाँ व्यवस्थामा उल्लेख छ । तर परिवारमा ५ जनाभन्दा कम सदस्य भएपनि तिर्नुपर्ने योगदान रकम घछ्दैन । सदस्यता दर्ता हुने समयमा एकमुशष्ट रकम तिनुपर्छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् ।

सेवा कहाँकहाँ उपलब्ध छ

बिमित समस्यले स्वास्थ्य सेवा लिनकालागि प्रथम विवन्दुमको रुपमा बीमा बोर्डसँग सम्झौता गरेको नजिकको कुनै पनि सरकारी स्वास्थ्य संस्था रोजन पाउने व्यवस्था गरिएको छ । त्यहाँ सेवा नपाएमा मात्रै बिमितले रिर्फर गरेपछि अन्य अस्पताबाट सेवा लिन पाउने व्यवस्था रहेको छ ।
त्यस्तै, बोर्डले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका परिवारको स्वास्थ्य बिमासम्बन्धी कार्यविधि, २०७८ जारी गरेको छ । कार्यविधिअनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्नेछ । कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बिमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्ने उक्त कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया