बाल क्लबको बैठकमा बाल विवाह र बाल श्रमबारे छलफल

बाल क्लबको बैठकमा बाल विवाह र बाल श्रमबारे छलफल

दैलेख :जिल्लाको भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले युवा तथा बाल क्लबले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

परियोजनाको अगुवाईमा गठन भएका युवा क्लब तथा बाल क्लबहरुले समुदाय स्तरमा विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्दै आएका छन् । समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका बाल क्लब मध्येका एक हो, मेरीगोल्ड बाल क्लब । यो बाल क्लबले बाल विवाह न्यूनिकरण, बाल श्रमको अन्त्य, स्वास्थ्य तथा सरसफाईका लागि विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गरिरहेको छ ।

भैरबी गाउँपालिका वडा नं. ४ मा गठित उक्त बाल क्लबको हालै बसेको बैठकमा बाल विवाह न्यूनिकरण तथा बाल श्रममा कमी ल्याउनका लागि बालबालिकाहरुले छलफल गरेका छन् । उनिहरुले समुदाय स्तरमा सरसफाईका गतिविधि सञ्चालनका लागि समेत बैठकमा छलफल गरेको बताईएको छ ।

प्रतिक्रिया