प्रभाकर उमावि शिक्षकले तलव खान पाएनन

प्रभाकर उमावि शिक्षकले तलव खान पाएनन

दुर्गा वि.सी
सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभावकर उच्च माद्यमिक विद्यालय देवस्थलका शिक्षक कर्मचारीले अन्तीम चौमासिक तलव खान नपाएको वताएका छन् । प्रभाकर उमावि देवस्थलको विज्ञान प्रयोगशाला भवनको कार्य अधुरै रहेकोले जिल्ला शिक्षा कार्यलय सल्यानले विद्यालयको खाता रोक्का गरेको जनाएको छ । prabhakr maviसमय काम सम्पन्न नहुदाँ वाध्य भएर तलव रोकिएको जिल्ला शिक्षा कार्यलय सल्यानको भनाई रहेको छ । विज्ञान प्रयोगशाला भवनको निमार्णको जिम्मा लिएका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिक वहादुर वि.सीले कार्यलयको स्टीमेट अनुसार काम नगर्दा समयमा शिक्षक कर्मचारीले तलव खान नपाएको विद्यालयले जनाएको छ । तर विद्यालयका प्राचार्य शिखर कुमार यरी र पुर्व वि.व्य.स अध्यक्ष वि.सीले समयमा कामको ताकेता नगरि शिक्षक कर्मचारीको पारिश्रमिक समयमा नपाउदा उनिहरु दुख व्यक्त गर्दछन् ।

कार्यलयले कामको लापरवाहि गर्ने व्यक्तिलाई ताकेता नगरि दोष भरि शिक्षकमा थुपारेको र आफुहरुको तलव राकिनुका साथै आषाढ मसान्तमा खाने तलव हाल सम्म पनि खान नपाएकोले अव हडताल बाहेक अरु उपाए नभएको विद्यालयका शिक्षकहरु वताउँछन् । विद्यालय खुले पनि आफुहरु तलव खान नपाए नपढाउने १ शिक्षकले वताए । विज्ञान प्रयोगशाला भवनको काम अधुरो रहेकोले समयमा शिक्षकले तलव खान नपाएको प्राचार्य शिखर कमार यरीले स्वीकारेका छन् । भवनको ताकेतामा विद्यालय प्रशासन मौन रहँदा २०७२ आषाढमा सम्पन्न हुनु पर्ने भवनको काम अझै अधुरो रहेको छ ।

प्रतिक्रिया