नेपाल विश्वकपमा छनोट हुन असफल

नेपाल विश्वकपमा छनोट हुन असफल

काठमाडौँ : आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपाल युएईसँग पराजित भएको छ। यो सँगै नेपालको टी–२० विश्वकपमा छनोट हुन पनि असफल भएको छ। आजको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन जाेड्याे। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए। विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभर खेलेर ७ विकेटकाे क्षतिमा १ सय ७५ रन बनाएको थियो।

प्रतिक्रिया