भैरबीमा सांस्कृतिक कार्यक्रमदेखि चम्चा दौडखेलसम्म

भैरबीमा सांस्कृतिक कार्यक्रमदेखि चम्चा दौडखेलसम्म

दैलेख : जिल्लाको भैरबी गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ । भैरबी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा दिवस मनाईएको हो । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ भन्ने मूल सहित आयोजित कार्यक्रमलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, एईआएन लक्जेम्बर्ग, सहास नेपाल, सुआहारा, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी)ले सहयोग तथा समन्वय गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सबै वडाका जनप्रतिनीधिहरु, स्थानीय महिलाहरुको सहभागिता थियो । कार्यक्रममा महिला समुहबाट सांस्कृतिक कार्यक्रमहरु प्रर्दशन गरिएको थियो । विद्यालयहरुबाट हाजिरी जवाफ प्रतियोगिता तथा चम्चा दौड प्रतियोगिता समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया