झोला पाउँदा बालबालिकाको खुसी

झोला पाउँदा बालबालिकाको खुसी

दैलेख : कोभिड–१९ को महामारीबाट सबै क्षेत्र थला परेको अवस्था छ । त्यसमा पनि शिक्षा क्षेत्र सवै भन्दा बढिनै प्रभावित बन्न पुग्यो । पटक पटकको बन्दाबन्दीका कारण बालबालिकाहरु बिद्यालय बाहिर रहे । उनिहरुको शैक्षिक बृद्धि विकासमा आवरोध भयो नै । पूर्ण रुपमा नभए पनि सामान्यतया बन्द भएका सम्पूर्ण क्षेत्र खुल्दै पुरानै लयमा फर्कन थालेको छ । बजार पुरानै लयमा फर्केसंगै कोभिडको पहिलो र दोस्रो लहरका दौरान बन्द भएका सामुदायिक बिद्यालयहरु संचालनमा आएका छन् ।

बिद्यालय बन्द हुँदा बालबालिकाहरुको सिकाई निरन्तरता पुरानै लयमा फर्कउन त्यति सजिलो भने छैन् । बिद्यालय संचालनमा आउँदा शिक्षण सिकाई क्रियाकलापलाई सहि लयमा ल्याउन थप उर्जा आवश्यक हुन्छ । यस्तो बेला बालबालिकाहरुमा थप उत्साह र उच्च मनोवल बनोस् भन्ने उदेश्यका साथ दुल्लु नगरपलिका चार वटा बिद्यालया पाँच सय थान झोला बितरण गरिएको छ ।

शैक्षिक स्तर सुधारका लागि दुल्लु नगरपालिकाका १६ वटा सामुदायिक बिद्यालयमा शिक्षा सरोकार केन्द्रको सामाजिक परिचालनमा संचालित दुल्लु स्कूल परियोजनाले झोला बितरण गरेको हो । परियोजना संचालित वडा नं १० गमौडीका ३ वटा र वडा नं. ५ को एक वटा बिद्यालयका कक्षा एक देखि ४ कक्षासम्म अध्ययनरत बिद्यार्थीलाई झोला प्रदान गरिएको हो । झोला दुल्लु स्कुल परियोजनाका प्रबन्ध निर्देशक जेनी केजरले प्रदान गरेकी हुन । जसमा जनकल्याण आबिमा एक सय ५८, ईन्द्रज्वाला आविमा एक सय ७४, बिन्द्रनसैनी आविमा ७२ र कृष्ण आधारभूत बिद्यालयका ७६ जना बालबालिकालाई कार्यकारी निर्देशक डा. मिन बहादुर शाहीले जानकारी दिए ।

घरबाट पुरानो झोला ल्याएर बिद्यालय आएका जनकल्याण आवि कक्षा ४ मा अध्ययनरत छात्र बिनोद रेग्मीले नयाँ झोला पाउँदा खुसी भएको बताए । त्यस्तै कक्षा ४ मा अध्ययनरत छात्रा समिक्षा रिजालले नयाँ झोला पाएर खुशी भएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया