मौषमी बसाईसराई न्यूनिकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया

मौषमी बसाईसराई न्यूनिकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया


दैलेख : दैलेखको भैरबी गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मौषमी बसाईसराई न्यूनिकरणमा स्थानीय तहको भूमिका विषयक एक दिने अन्तरक्रिया सम्पन्न भएको हो ।

एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको आयोजना तथा भैरबी गाउँपालिकाको समन्वयमा अन्तरक्रिया गरिएको हो । भैरबी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीराम पुरीको अध्यक्षतामा वडा नं. ६ र ७ का युवा क्लबका पदाधिकारीहरु तथा सदस्यहरुबीच अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा बसाईसराई र बसाईसराई न्यूनिकरणमा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल गरिएको थियो । अन्तरक्रियामा बसाईसराईका कारण, बसाईसराई किन गरिन्छ, बसाईसराई गर्दा ध्यान दिनुपर्ने विषयहरु लगाएतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया