डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता

डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएाक छन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षका उम्मेदवार एलिजा थापा केसीले अग्रता लिएका हुन् ।

गाउँपालिकाको वडा नम्बर ४ सम्मको मतपरिणाम अनुसार काँग्रेसका २३९३ मत पाएका छन् । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका मल्ल नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सुन्दरकुमार केसी भन्दा १०१ मत अन्तरले अगाडि छन् । केसीले २२९२ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा काँग्रेसकी एलिजा थापा केसी एमालेकी कलावती न्यौपाने भन्दा ११५ मतले अगाडी छन् । एमालेकी कलावती न्यौपानेले २२८४ मत पाउँदा काँग्रेसकी उम्मेदवार केसीले २३९९ मत प्राप्त गरेकी छन् ।

यो गाउँपालिकाका ६ वटा वडामध्ये ४ वटा वडाको मत गणना सकिएको । प्राप्त मत परिणाम अनुसार दुईमा एमाले र एकमा काँग्रेस र एकमा माओवादी केन्द्रले जीत हासिल गरेका छन् ।

प्रतिक्रिया