कुसंस्कार हटाउने गाउँका अगुवा महिला

कुसंस्कार हटाउने गाउँका अगुवा महिला

भक्त बहादुर शाही
दैलेख, भदौं ४ गते । तत्कालिन सशस्त्र द्धन्द्धको निशाना समेत बने, मध्य र सुदुरपश्चिमका छाउपडी गोठ । छाउपडी प्रथा कुसंस्कार कुरिती भएको भन्दै माओवादीले कैयौं महिनावारीलाई जवरजस्ती घरमा ल्याएर राखे । तर पनि छाउपडी प्रथाको न्युनीकरण भने हुन सकेन् । केही वर्ष अगाडी अछाम ढकारी की १७ वर्षिय लक्ष्मी बुढाको छाउपडी गोठमै जलेर मृत्यु भयो । धेरै महिला बलत्कारका सिकार बने ।

छाउपडी प्रथा अन्त्य गर्ने लागेकी पश्चिम दैलेख अभियनता क्रमश ः दायाँबाट गोमता विक रुपा विक थापा र लक्ष्मी शाही
छाउपडी प्रथा अन्त्य गर्ने लागेकी पश्चिम दैलेख अभियनता क्रमश ः दायाँबाट गोमता विक रुपा विक थापा र लक्ष्मी शाही

केही वर्ष अघि महिनावारी बार्ने गरेकी पश्चिम दैलेख सात्तला गाविस गोमता वि.क.छाउपडी अन्त्य गर्ने अभियानमा लागिन् । उनी भन्छिन् ः आफु छुई भएको बेला घरमै बसे । कतिले त विगे्रकी आईमाई भनेर मेराबारे नानाथरि समेत कुरा काटे् । आजभोली मेलै थालेको अभियानमा सबैले सहयोग पु¥याएको बताइन् ।
गमता वि.क. मात्र नभई लकान्द्र गाविसकी रुपा (विक)थापा र सिगौडी गाविसकी लक्ष्मी शाही समेत छाउपडी अन्त्य गर्ने अभियानमा लागेकी छन् । तत्कालिन माओवादीले छाउपडी गोठ भत्काएपनि छाउपडी प्रथा कायमै रही रयो । अहिले त्यही छाउपडी प्रथालाई अन्त्य गर्नका लागि अभियानतालाई चुनौती छ । “नेपाली महिलालाई विगार्ने मुख्य रुढीवादी परम्परा,पितृसत्तात्मक सोच भएको उनी बताउँछन् । भन्दछन ः यसलाई अन्त्य गर्न महिला र पूरुषमा जनचेना जगाउन अनिवार्य छ । हामीले थालेको अभियानबाट सात्तला,सिगौडी,लकान्द्र गाविसका ३७ जनाले छाउपडी नबार्ने गरेको जानकारी गरिन् । आमा समुहबाटै अभियान महिनावारी छाड्ने शुरुवात सँगै कहिहदसम्म सफल भएका हौं लकान्द्र गाविसकी रुपा विक थापाले बताइन् । आफु महिला स्वयसेवक भएकाले जनस्वास्थ्यका बारे कुरा गर्न छाउपडी अन्त्य गर्न कुरा चलाउन सजिलो भएको उनको भनाई छ ।

तर सात्तला गाविसकी हस्तना विष्ट भने अधिकारी देवता रिसाएर आफुलाई विरामी बनाई दिने भएकाले कुनै पनि हालतमा घरमा नबस्ने बताइन् । अरु दिदी बहिनीले छुई भएको अवस्थामा घरमा बसेको देख्दा घरमै बस्न मन लाग्छ , छुई भएपछि ‘क्या हो क्या ”आपुकन जर्रजरी लाग्ने गरेको सात्ताला –५ कि विष्टले भनिन् ।

त्यस्तैगरि महिनावारी भएको बेला धामी र पुजारी भएको घरमा एकै ताउलीमा पकाएको भात, दही, दुध, नदिने चलन छ हाम्रो गा“उमा वडानं –४ कि ६० वर्षिया सावित्रा थापाले बताईन् । अधिकारी देवताले सहदैन् हामी छुई भएको पाँच दिनपछि मात्र घर आउँछन् । धामीलाई सोध्दा तमै्र असफल होला भन्छन् डरले पाँच दिनसम्म टाडिन्छौ लकान्द्र सोही गाविसकी हिउकला थापाले भनिन् ।

तर गाविसमा अधिकाँशले महिलाले महिनावारी नवार्ने गरेको खम्बेडा“डामा पसल व्यवसाय चलाउदै आएका ५३ वर्षिय भक्तबहादुर थापाले जानकारी दिए । महिनावारी हुनु भनेको फुल फुलेर खसेको जस्तै हो उनको बुझाईमा रहेको छ । घरमै बसे पनि सरसफाई गरेमा कुनै फरक पदैनन् अधिकांशले महिनावारी नवार्ने भएपछि अरुको मन पनि पग्लिएको छ उनले थपे ।

महिनावारी लाई निर्मुल गर्न शैक्षिक जनचेतानाको आवश्यक भएको सिगौडी गाविसका गाविस सचिव गणेश मानसिंह बताए । नछुने भनेको पुरानो भ्रम भएकाले झण्डै ४५ प्रतिशत किशोरीले नबार्ने गरेको उनी बताउ“छन् । महिनावारी भएको वेला धेरै महिला वलत्कार हुनपर्ने कसैको अकालमै ज्यान जाने गरेकोले विद्यालयमा समेत यस विषयलाई समावेश गरिनु पर्ने उनले सुझाव दिए ।

मध्य र सुदुरपश्चिकका केही जिल्ला अझै पनि छाउपडी प्रथा कायमै छ । महिनावारी भएको समयमा महिलाले गाईगोठ हुन् वा भैसी गोठमा सात दिन विताउनुपर्ने वाध्यता छ । देवीदेउताको थान र धामी हुने घरमा त आठ दिनसम्म पनि वार्ने गर्दछन् । रजस्वला वा महिनावारी भएको समयमा महिलालाई अझै पनि पोषिलो खानेकुरा दुध, दही, माछा, मासु र एउटै चुलोमा पकाएको भात समेत दिनमा रोक छ । सात दिनसम्म नुनको ढिका संग रोटी वा भात खानु नै राम्रो मान्ने अन्धविश्वासले अझैपनि जरा गाडेको छ । छुई भएको वेला गाई गोरु र दुध दिने भैसी समेतलाई नछुने तर तिनै गाई भैसीलाई घाँस काटेर खुवाउदा केही नहुने चलन कायमै छ । घरमा कोही विरामी परे वा चौपाय देखि मानिससम्म केही भएको खण्डमा छुइनेरीलाई दोषी वनाई मानसिक यातना समेत दिने गर्दछन् ।

हाम्रो देश नेपाल महिला हिंसा विरुद्धको थुप्रै अभियान संचालन गरेपनि सदरमुकाम र राजधानी वाहेक गाउँका छाउपडी गोठमा आन्दोलनको रापले छोएको छैन् । आजभोली नेताहरुको भाषण र वुद्धिजिवी महिलाहरुको एउटा भनाई रहेको छ । हामी २१ औं शताब्दीका महिलाले र पुरुषले समान हक अधिकार पाउनुपर्छ भन्ने भनाई उराठ लाग्दो छ । जसले ग्रामिण भेगका नारीलाई निराशाजनक बनाएको छ । तर ती भनाई विपरित काम गर्ने कसैलाई पनि दण्ड सजाय नहुनु झनै आश्चर्यजनक छ । गाउँ घरमा जनचेतनाका नाम गैरसरकारी संघसंस्था जति वजेट खर्चे पनि अझैपनि ग्रामिण भेगका महिलाले ‘नत राम्रो सँग खाना खान पाउँछन् नत लगाउन नै । ’

उनी राम्रो खाना खान र राम्रो खाले कपडा लगाउन दशै,चाडपर्व, रतेउली जस्ता पर्वको आशा गर्नु वाहेक अर्को विकल्प छैन् । छाउपडी प्रथाले महिलालाई मात्र होइन् उनीहरुको साथमा रहेका साना बालबालिकालाई समेत असर परिरहेको हुन्छ । एक समयमा ती बालबच्चाले खान पाउदैन भने अर्कोतिर रजस्वला भएको समयमा आमा सँग रहनु पर्ने भएकाले दुध दही समेत दिन चलन छैन । गाउँका महिला अझैपनि महिनावारीको भएको वेलामा घरभन्दा टाढा ८ ÷१० दिन विताउन बाध्य बताइन् ।

अहिले छाउपडीका कारण थुप्रै महिलाले हिंसा घटना खेप्नुपरेकाले छाउपडी प्रथा अन्त गर्ने दैलेख जिल्ला स्थित सामाजिक सेवा केन्द्र,सोसेक एभरेष्ट क्लव सेवक,महिला सशक्तिकरण मञ्च दैलेखले अभियान थालिने गर्ने संयुक्त विज्ञप्ती जारी गरेपनि त्यो पनि कागजमै सिमित रहेको छ ।

‘निर्देशिका कार्यान्वयन भएन ’

सामाजिक विकृतिको रुपमा रहेको छाउपडी प्रथा अझै पनि कायमै रहेकाले अधिकांश महिलाको अत्कालमै ज्यान जानुका साथै महिला हिंसा घटना दिनप्रतिदिन वढदै गएका छन् । सर्वोच्च अदालतको ०६२ बैशाख १९ को आदेश अनुसार सरकारले ०६३ बैशाख २६ गते छाउपडी प्रथालाई कुिरति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानुन निर्माण गरेको थियो । प्रथा कार्यान्वयनका लागि जिल्ला विकास समिति संयोजक र महिला विकास कार्यालयलाई सदस्यसचिव रहने निर्देशिकाले तोकेको छ ।

जिल्ला प्रशासन, शिक्षा, जनस्वास्थ्य, प्रहरी, गैससहरु, अगुवा महिला, बाल क्लब र शिक्षक प्रतिनिधि समितिमा रहने व्यवस्था गरिएको छ । निर्देशिका जारी गरेको चार वर्ष बितेपनि जिल्ला तहमा कार्यक्रम सञ्चालन समिति समेत गठन भएको छैन् । समितिले विभिन्न श्रोतहरुको प्रयोग गरी छाउपडी उन्मूलनका लागि तत्कालिनल र दीर्घकालिन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया