वातावरण दिवसमा टोल र धारा सरसफाई

वातावरण दिवसमा टोल र धारा सरसफाई


दैलेख : जिल्लाको महाबु गाउँपालिका वडा नंं. १ को चाइनेबाडा टोल र सिन्की धारा क्षेत्रमा सरसफाई गरिएको छ । विश्व वातावरण दिवसको अबसर पारेर टोल र धारा क्षेत्रमा सरसफाई गरिएको हो ।

हेल्भेटास नेपाल, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, महाबु गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा उक्त ठाउँमा शिला लहर्ने खानेपानी तथा सरसफाई योजना सञ्चालित छ ।

योजना समिति र उपभोक्ताहरुको सहभागितामा टोल र धारा क्षेत्रमा सरसफाई गरिएको हो । साथै अब हरेक महिनाको १५ गते टोल क्षेत्रमा नियमित रुपमा सरसफाई गर्ने निर्णय समेत भएको बताईएको छ । दिवसको ‘पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मुल नारा तय गरिएको थियो ।

प्रतिक्रिया