वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैछन् ।

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। यो पार्टी पाँच दल मिलेर बनेको र यसमा ६८ सदस्यीय केन्द्रीय कमिटी रहने छ।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम कम्युनिष्ट दलहरूलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियामा छन् ।

वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ भने सचिवमा डिबी कार्की रहनेछन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरूको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया