एमालेद्धारा थप तीन विभाग गठन
काठमाडौँ : नेकपा एमालेले थप तीन विभाग गठन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भौतिक पुर्वाधार तथा यातायात विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले कृषि तथा पशुपन्छी विभाग, वित्त तथा कोष र निर्वाचन विभागलाई विस्तार गरेको छ । आइतबारकै बैठकले अनुसन्धान प्रतिष्ठानले पेश गरेको कार्यविधि र स्थानीय विभागको निर्देशका पास गरेको छ ।
महँगी मुल्यवृद्धि र मल अभावमा जनपरिचालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
प्रतिक्रिया