बाजुराको मतदान केन्द्रमा प्रहरीद्धारा हवाई फायर

बाजुराको  मतदान केन्द्रमा प्रहरीद्धारा  हवाई फायर

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर -९ को त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताए। ‘विवाद भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘अब पुनः मतदानको अवस्था बनेको छ।’

३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार बिहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ। नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

प्रतिक्रिया