प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान चाओ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । आजमात्रै काठमाडौँ आइपुगेका लिउले आज नै प्रधानमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्रीसँग भेटघाट गर्दैछन्। काठमाडौँ आएपछि लिउले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका हुन्।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा हस्ताक्षर गरिसकेको छ । तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन । चीनले बीआराई कार्यान्वयनमा नेपालको स्पष्ट धारणा चाहिरहेको छ ।

गत जुनमा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ र अरु चिनियाँ नेताहरू नेपालमा चार दिन रहनेछन् । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेट गर्ने छन्। त्यस्तै लिउको भ्रमणलाई नेपालमा कम्युनिस्ट एकताको विषयसँग पनि जोडेर हेरिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन् । आइतबारै काठमाडौं उत्रिएका चिनियाँ पाहुना भेटघाटमा व्यस्त छन् ।

उनी काठमाडौं आएपछि उनले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरे । प्रधानमन्त्री देउवा र चिनियाँ नेताबीच दुई पक्षीय सम्बन्ध विस्तारका विषयमा कुराकानी हुनेछ । चिनियाँ प्रोजेक्ट बीआरआई कार्यान्वयनको विषयमा पनि चीनले चासो राखेको छ । नेपालले बीआरआईमा सहभागिता जनाउने निर्णय गरे पनि परियोजना छनोटसमेत हुन नसकेको अवस्था छ ।

प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया