आफुले मानवअधिकारको उल्लङ्घन गरेको छैन : ओली

आफुले मानवअधिकारको उल्लङ्घन गरेको छैन : ओली

काठमाण्डौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् ।

मानव अधिकार अलाइन्सले आयोजना गरेको २३औँ स्थापना दिवसमा बोल्दै उहाँले आफूले मानव अधिकारको उल्लङ्घन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

ुमैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छुु, पूर्वप्रधानमन्त्री ओलीले भने, ५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन । उनले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी पनि गरेका छन् ।

अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रममा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराएका छन् ।

आज मानव अधिकार अलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा उहाँले असन्तुष्टि व्यक्त गरेका थिए ।

अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रुपमा नलिइ आदर्श, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पारे।

ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लङ्घनको घटना बढेर जाने बताए ।

प्रतिक्रिया