नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले दिए राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले दिए राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिँदै पुबुदु दासानायके। उनले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघका एक पदाधिकारीले पुष्टि गरेका छन्। पछिल्लोपटक नेपाली राष्ट्रिय क्रिकेट टोली पटक-पटक पराजित हुँदै आएको छ। हालै सम्पन्न आइसीसी विश्वकप लिग-२ अन्तर्गतको एक दिवसीय खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेको थिएन।

क्रिकेट समर्थकहरुले पनि सामाजिक सञ्जालमार्फत् कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक दासानायकेले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। संघले गत मंसिरमा दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको थियो। दुई वर्षका लागि नियुक्ति दिइए पनि दासानायकेले ८ महिनामै राजीनामा बुझाएका हुन्। नेपालको सफल क्रिकेट प्रशिक्षको रुपमा लिइने दासानायकेलाई यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए।

प्रतिक्रिया