राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै
![राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rajendra-lingden_RsFvMGtAwT_jb0p8ndhw9ix5gjehzqyv4riub0rffn57wik9sqwzuorw4vjidzd9ywwg4p0.png)
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुने राप्रपाले जनाएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र भोलि बस्नेछ ।
प्रतिक्रिया