झापामा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागको आग्रह

झापामा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागको आग्रह

झापा :  झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो ।

बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया