रुकुम पश्चिममा २५ घर बाढीपहिरोको उच्च जोखिममा

रुकुम पश्चिममा २५ घर बाढीपहिरोको उच्च जोखिममा

फाइल तस्बीर

रुकुम पश्चिम :  जिल्लाको आठबीसकोट नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु असुरक्षित भएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार १० गतेदेखि परेको पानीका कारण घट्टे खोलामा पानीको बहाव बढेर गाउँमा पसेको थियो । घरहरु पहिरो र बाढीको जोखिममा भएकाले १ घण्टा दुरीमा पर्ने आफन्तहरुको घरमा नागरिकलाई स्थानान्तरण गरिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय आठबीसकोटलाई उद्धृत गर्दै उनले भने, ‘बिहीबार बिहान प्रहरीलाई खबर गरिएको थियो । स्थानीय तहको समन्वयमा ५ जना प्रहरीको टोली त्यहाँ खटिएको छ ।’ पाण्डेका अनुसार डोजरले खोलालाई साबिककै ठाउँमा फर्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति नभएको उनले बताए ।

प्रतिक्रिया