राप्रपाका नेता शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने गरे घोषणा
![राप्रपाका नेता शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने गरे घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra_shahi_q6THaZyFnU_rSvps9xLpN_sqzwntavagfgmad11pu5kyipcyxwr4iwqhlpyd13tjr7rva69cpny7yz8td0.jpg)
काठमाडौँ : राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।
उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।
आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो ।
उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए । कार्यक्रममा पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ लगायतको सहभागिता थियो ।
प्रतिक्रिया