वीरेन्द्रनगर बजारको अनुगमन, अखाद्य बस्तु नष्ट

वीरेन्द्रनगर बजारको अनुगमन, अखाद्य बस्तु नष्ट

सुर्खेत : वीरेन्द्रनगर बजारको संयुक्त रुपमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर नाप तौल कार्यालय, वीरेन्द्रनगर नगरपालिका उद्योग वाणिज्य संघ, पत्रकार महासंघ सुर्खेत लगायतका अन्य निकायबाट संयुक्त रुपमा सुर्खेत वीरेन्द्रनगर बजारको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मुल्यसुची नराखिएको, पसल दर्ता नगरिएको र सरसफाइमा ध्यान नदिएको पाइएको छ ।

अनुगमनका क्रममा बुलबुले म्याङ्गो बरफमा कुनैपनि मापदण्ड पालना नगरेर विक्रि वितरण गरिएको भन्दै २२ किलो म्याङ्गो बरफ र रङ प्रयोग गरिएका जेरीहरु नष्ट गरिएको छ ।
वीरेन्द्रनगरका ५ वटा पसलगोदामसहित एउटा पेट्रोल पम्प र पानी उद्योगको अनुगमन गरिको थियो ।

अनुगमनको क्रममा आधिकारिक रुपमा दर्ता गरी संचालन गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, गैर खाद्य वस्तुहरुको मिसावट नगर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेष बहादुर थापाले बताए ।
उनले उपभोक्ताको हित विपरितका कार्य गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।
वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागको निर्देशनमा ७७ वटै जिल्लामा आज एकैसाथ अनुगमन गरिएको थियो ।

 

प्रतिक्रिया