शरिरका लागि अति आवश्यक भिटामिन-सी पाइने फलफुलहरु

शरिरका लागि अति आवश्यक भिटामिन-सी पाइने फलफुलहरु

काठमाडौँ : स्वस्थ शरीरका लागि भिटामिन सी अत्यन्तै आवश्यक छ । मानव शरीरका कोषलाई हानीबाट बचाउने, तन्तुहरुको चुस्त राख्ने , मांसपेशी बलियो बनाउने, घाउ निको गराउने, दाँत र हड्डीको निर्माण र मर्मत गर्ने काम भिटामिन सीले गर्छ ।

हाम्रो शरीरमा भिटामिन सी सञ्चित वा भण्डारण गर्ने प्रक्रिया छैन । त्यसैलले चिकित्सकहरु यसको नियमित सेवन गर्ने सुझाव दिन्छन् । के के मा पाइन्छ त भिटामिन सी ? आउनुस हेरौँ भिटामिन सीका स्रोहरु :

१. अम्बा :  तपाईँले खाने एउटा अम्वामा १८८ मिलीग्राम भिटामिन सी पाउन सकिन्छ । त्यसैले शरीर स्वस्थ्य राख्नका लागि आवश्यक पर्ने भिटामिन सीको सेवन लाभदायी हुन्छ ।

२.अकबरे खुर्सानी :  रातो भएर पाकेको डल्ले खुर्सानीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । आधा कप डल्ले खुर्सानीको धुलोमा १४२ मिलीग्राम भिटामिन सी र २० क्यालोरी कार्बोहाइट्रेड पाइन्छ ।

३. सुन्तला : एउटा सुन्तलाको दानामा ७० देखी ८० मिलिग्राम भिटामिन सी पाइन्छ । त्यसैले सुन्तलाको सेवन स्वाद र स्वास्थ्यका लागि निकै नै लाभदायी हुन्छ ।

४. हरियो डल्ले खुर्सानी : आधा कप हरियोडल्ले खुर्सानीको धुलोमा ६० मिलिग्राम भिटामिन सी पाइन्छ । त्यसैले हरियो डल्ले खुर्सानीको प्रयोग स्वस्थ शरीरका लागि लाभदायी छ ।

५. जुनार :

एउटा ताजा जुनारमा ३९ मिलिग्राम भिटामिन सी पाइन्छ । यसको जुस बनाएर खाँदा प्रतिकप करीब ८० मिलीग्राम भिटामिन सी पाइछ ।

६. गोलभेडा : गोलभेडामा प्रसस्त मात्रामा क्यारोटिनोइट लाइकोपिन र भिटामिन सी पाइन्छ । यसको सेवन पनि स्वस्थ शरीरका लागि महत्वपूर्ण हुन्छ ।

७. स्ट्रोबेरी  : स्ट्रोबेरीेमा फाइबर, एन्टी अक्सिडेन्ट र भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । एक सय ग्राम स्ट्रोबेरीमा ५८।८ मिलीग्राम भिटामिन सी पाइन्छ । नेपाली हेल्थबाट

 

प्रतिक्रिया