नरहरिनाथ ९ मा आपतकालिन बाल उद्दार कोष” स्थापना गरिने

नरहरिनाथ ९ मा आपतकालिन बाल उद्दार कोष” स्थापना गरिने

कालिकोट :  जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा “आपतकालिन बाल उद्दार कोष” स्थापना गरिने भएको छ। कोषमा वार्षिक पचास हजार रकम विनियोजन गरिने भएको छ। वडाअध्यक्ष प्रदिप बोहोरा को संयोजकत्वमा ११ जना सदस्य समिति निर्माण गरिएको बताए ।

“गरिब तथा टुहुरा र प्राकृतिक प्रकोप जस्ता अन्य घटनाबाट पीडित रहेका बालबालिका को उद्धारका लागि विशेषरुपमा यो कोष निर्माण गरिएको हो” अध्यक्षले बताए ।

बालबालिका भविष्यका कर्णधार भएका हुनाले उनीहरूको उचित संरक्षण गर्नु हाम्रो दायित्व रहेको उनको भनाई छ। कर्णाली प्रदेशकै कान्छा वडाअध्यक्ष भनेर चिनिने अध्यक्ष यसभन्दा पहिले पनि विभिन्न प्राकृतिक प्रकोप तथा अन्य समस्या बाट पीडित भएका जनतालाई विशेषरुपमा सेवा दिदै आइरहेका छन् ।

नरहहरीनाथ गाउँपालिका ९ नम्बर वडा अध्यक्ष पछिल्लो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया