चुनावी घोषणापत्र लेख्न अध्यक्ष ओलीको नेतृत्वमा ८ जनाको कमिटी
![चुनावी घोषणापत्र लेख्न अध्यक्ष ओलीको नेतृत्वमा ८ जनाको कमिटी](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-sashibaly-baithak_20220613140149_HxHhLEyIy3_c8tyrdaqvex4x0jigp4atxjfdeqnlyswhgibfjpzrpcsrzpleywdb5vy6pjj.jpg)
सुर्खेत : नेकपा एमालेले चुनावी घोषणापत्र लेख्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ जनाको कमिटी बनाएको छ । बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको हो ।
कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया