आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा भदौ ३१ गते हुने

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा भदौ ३१ गते हुने

काठमाडौँ : आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा भदौ ३१ गते हुने भएको छ । आयुर्वेद चिकित्सा परिषद्–नेपालले आयुर्वेद स्नातक तह(बीएएमएस) उतीर्ण विद्यार्थीको परिषदमा नाम दर्ताका लागि परीक्षा लिन लागेको हो ।

नाम दर्ता परीक्षाका लागि भदौँ ५ गतेदेखि २० गतेसम्म आवेदन दिने समय तोकिएको छ । बिलम्ब शुल्क तिरेर २६ गतेसम्म आवदेन दिन सक्ने आयुर्वेद चिकित्सा परिषद्ले जानकारी दिएको छ । विस्तृत जानकारीका लागि परिषदको कार्यलय नरदेवीमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया