नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना

काठमाडौं : नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गरेकी हुन् । अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले मिल्क बैंकबाट समयअघि नै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई अरु आमाको दूध उपलब्ध गराउने बताए । उक्त दूध छ महिनासम्म खुवाउन मिल्ने उनको भनाई छ ।

बाल रोग विशेषज्ञ डा. कल्पना सुवेदीका अनुसार लामो समयसम्म भण्डारण गरिएको दूध बच्चालाई सुरक्षित हुन्छ। आमाको दूधले शिशुको मष्तिष्कको विकासलाई बलियो बनाउने मात्र होइन बच्चा र आमालाई  जीवनभर फाइदा गर्छ।  पूर्ण स्तनपानले पाँच वर्ष कम उमेरको मृत्युलाई १३ प्रतिशतले कम गर्ने अध्ययनले देखाएको छ। जन्मेको पहिलो एक घण्टाभित्र गराइने स्तानपानसँगै पूर्ण स्तनपानले विश्वभरका नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउछ।  आमाको दूध प्रर्याप्त नहुँदा नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर, बट्टाको दूध खुवाउँदा  शिशुमा संङ्क्रमण र आन्द्रा सम्बन्धी रोगको उच्च जोखिम हुने चिकित्सकको भनाइ छ। दूधबाट बन्चित शिशुलाई अरु आमाले दान दिएको दूध खुवाउन सके बट्टाको दूधको नकारात्मक असरबाट जोगाउन सकिन्छ।

प्रतिक्रिया