हुम्लामा २२ जनामा कोरोना पुष्टि

हुम्लामा २२ जनामा कोरोना पुष्टि

हुम्ला :  हुम्लामा परीक्षणका क्रममा छ महिनापछि कोरोना पुष्टि भएको छ । यहाँको अस्पतालका एक जना चिकित्सक सहित २२ जनालाई कोरोना पुष्टि भएको छ ।

लामा समयपछि कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकी तथा ज्वरोका बिरामीलाई परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालयबाट ४७ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा कार्यरत चिकित्सक कैलाश लामा सहित नौ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको छ ।

कर्मचारी तथा अन्य १३ जना सर्वसाधारणलाई पनि कोरोना देखिएको छ । उनले एकै चोटी ठुलो सङ्ख्यामा कोरोना देखिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको अस्पतालले जनाएको छ ।

अस्पतालले हाल रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढेको कारण ती बिरामीलाई कोरोना परीक्षण गर्दा त्यो सङ्ख्या अझै बृद्धि हुने जनाएको छ । यसका लागि सबैलाई साबधानी अपनाउन पनि अस्पतालले सबैलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया