सत्तारुढ गठबन्धनको बैठक बस्दै
![सत्तारुढ गठबन्धनको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/gathabandan_LhzzNZL5YK_vubkkctj201gptsqvecd8b3zthomwmr7w6mdfv1qiml6nqxvxabyndvlfogd.jpg)
फाइल तस्बीर
काठमाडौँ : सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।
जस कारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया