पिसाबको रङ सफा हुँदैमा के ढुक्क हुन सकिन्छ, यस्ता हुन सक्छन् जोखिम

पिसाबको रङ सफा हुँदैमा के ढुक्क हुन सकिन्छ, यस्ता हुन सक्छन् जोखिम

काठमाडौँ  : आम मानिसले पिसाबको रङ सफा भए शरीरमा पानीको मात्रा ठिक रहेको बुझ्ने गरेका छन् । स्वास्थ्यमा कुनै खराबी नहुने भन्दै उनीहरू ढुक्क समेत हुन्छन् ।

तर पिसाबको रङ सफा हुँदैमा शरीरमा आवश्यक पानीको मात्रा पर्याप्त छ भनेर ढुक्क हुन नहुने विज्ञहरूले चेतावनी दिएका छन्  । उनीहरुका अनुसार पिसाबको रङ सफा हुनु पनि स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुनसक्छ ।

डा. मार्गरेट मेकार्टनीले पिसाबको रङ सफा हुँदैमा शरीर ‘हाइड्रेटेड’ छ वा छैन भनेर स्पष्ट नहुने भनाइ छ । पिसाबको रङ र हाइड्रेशन अन्तरसम्बन्धित हुन्छन् भन्नु गलत रहेको उनले बताए ।

पिसाबको रङ पहेँलो हुँदा आम मानिसले शरीरमा पानीको मात्रा कम भएको भन्ने बुझ्ने गरेका छन् । डा. मेकार्टनीले भने त्यो हुनु भनेको मिर्गौलाले काम गरिरहेको भन्ने बुझ्नुपर्ने बताए ।  हरेक व्यक्तिको शरीर फरक हुने र पानीको आवश्यक मात्रामा पनि फरक हुने गर्छ । त्यस्तै काम गर्ने प्रकृतिले पनि फरक पार्ने उनको भनाइ छ । साथै मौसमले पनि फरक पार्ने बताइएको छ ।

पोस्टसाउथ विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा। जोन एस यंगले पिसाबको हल्का पहेँलो रङ हुनु स्वस्थकर भएको बताउनुभएको छ । उहाँका अनुसार पिसाबको रङ त्योभन्दा गाढा भए पानीको उचित मात्रा नभएको बुझिन्छ ।

डिहाइड्रेशन हुँदा के हुन्छ ?
डिहाइड्रेशन अर्थात् पानीको मात्रा कम हुँदा विभिन्न किसिमका रोगहरूको सामना गर्नुपर्ने हुनसक्छ । यसो हुँदा सामान्यतः टाउको दुख्ने, थकान लाग्ने, बान्ता हुने लगायतका समस्या हुन्छन् ।

सफा पिसाब : मिर्गौलाको खराबी हुनसक्छ
पिसाबको रङ पानीजस्तो सफा हुँदा पानीको मात्रा पर्याप्त रहेको बुझिन्छ । यो आवश्यकभन्दा बढी पानी पिउँदा पनि हुन्छ । तर त्यही सफा रङ मिर्गौलाको खराबीका कारण पनि हुनसक्छ । लगातार सफा पिसाब लागेमा चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।

सफा पिसाब आउनुका यस्ता छन् कारण
– मधुमेह
– धेरै पानी पिउनु
– विभिन्न किसिमका मिर्गौला रोग
– गर्भ रहनु

(आजतकबाट)

प्रतिक्रिया